आगो ताप्ने क्रममा जलेर एक जनाको मुत्यु

बारा, १४ पौष । बाराको प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको ज्यान गएको छ ।त्यस्तै आगो ताप्ने क्रममा एक जना वृद्धा घाइते भएकी छिन् । घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ लैजाने क्रममा आइतबार बेलुकी ज्यान गएको हो ।घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०७६ पुष १४ गते सोमवार
प्रतिक्रिया