पौष २३ गते तुलसीपुरमा माघी महोत्सव हुने

तुलसीपुर, १२ पौष ।
तुलसीपुरमा आगामी पौष २३ गते एक दिन माघी महोत्सव हुने भएको छ । नमुना भुइँह्यार थान समिति तुलसीपुरको शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नमुना भुइँह्यार थान समिति तुलसीपुरको आयोजना तथा थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नंबर ३ को सह आयोजनामा कार्यक्रम हुने भएको हो । तुलसीपुरमा निर्माण हुने थारुहरुको बहुआयामिक सभाहलको शिलान्यास पनि उक्त महोत्सवको दिन गर्ने निर्णय गरेको समितिले बताएको छ ।
उक्त महोत्सवलाई सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । नमुना भुइह्यार थान समितिका अध्यक्ष राम शरण चौधरीको संयोजकत्वमा अर्थ संकलन उपसमितिगठन गरिएको छ । यस्तै प्रचारप्रसार उपसमितिमा अञ्जना चौधरी, संस्कृति उपसमितिमा आशा चौधरी, मञ्च व्यवस्थापन उपसमितिमा विनोद चौधरी, अतिथि सत्कार उपसमितिमा महेश थारु र स्वयम. सेवक उपसमितिमा चन्द्रलाल चौधरीको संयोजकत्वमा विभिन्न सदस्यहरु रहेको उपसमितिहरु गठन गरिएको छ ।
उक्त कार्यक्रममा थारु संस्कृति झल्किने मघौटा नाचको प्रस्तुतिका साथै तुलसीपुर उपमहानगरपालिका भित्रका थारु महटवा, थारु गुरुवा, सुडेनीहरुलाई सम्मान गर्ने निर्णय भएको छ । यस्तै आउँदै गरेको माघी पर्वलाई लक्षित गरेर सनिबारको दिन पनि तुलसीपुर बजार खुल्ला गर्न उद्योग वाणिज्यसंघ तुलसीपुरसँग अनुरोध गर्ने निर्णय गरेको छ । थारु भाषाविद् तथा थारु कलाकार शुसील चौधरी थारु बुद्धिजीवी रोहित थारु, राम बहादुर दहित लगायतले बोलेका थिए ।
नमुना भुइँह्यार थान समिति तुलसीपुरका अध्यक्ष राम शरण चौधरीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष १२ गते शनिवार
प्रतिक्रिया