२१ हजार नगदसहित १७ जना जुवाको खालबाट पक्राउ

तुलसीपुर, १२ पुष
तुलसीपुरको गोलौराबाट २१ हजार सहित जुवा खेलिरहेका तीन गाउँका १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –६ निबासी हरी वली, पवन भारती, पुर्ण भण्डारी, गनेस सुनार, टंक गिरी, इश्वरी प्रसाद खड्का, टिकाराम बस्नेत, दोर्णबहादुर बस्नेत, झुग्गु रेग्मी, विष्णु खड्का, डिल्लीबहादुर थापा, तुलसीपुर –१० का रेशम बहादुर भण्डारी, भरत सुनार, धनीराम चौधरी, विष्णु नेपाली, तुलसीपुर–५ का सौरभ चौधरी, र भिम केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय घोराहीबाट सादा पोशाकमा खटेको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा टंक गिरीको घरमा छापा मारेर प्रहरीले २१ हजार ४ सय १० नगद र जुवा खेल्ने तास पनि बरामद गरेको छ छ ।

प्रकाशित मिति : २०७६ पुष १२ गते शनिवार
प्रतिक्रिया