अख्तियारमा स्थानिय तहका उजुरी धेरै

दाङ, १२ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज स्थित सम्पर्क कार्यालयमा स्थानिय तहको उजुरी धेरै परेको जनाईएको छन् । दाङ, बाँके र बर्दिया कार्य क्षेत्र रहेको अख्तियारको नेपालगन्ज स्थित सम्पर्क कार्यालयमा चालु आर्थिक वर्षको वितेको पाँच महिनाको अवधीमा ४ सय ३३ उजुरी मध्ये झन्डै पचास प्रतिशत स्थानिय तहको उजुरी रहेका छन् । चालु आर्थिक वर्षको मंसीर मसान्त सम्म स्थानिय तहमा संघिय मामिला तर्फ १ सय ३० र शिक्षा तर्फ ८५ वटा उजुरी परेको कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् । उनका अनुसार अख्तियारमा स्थानिय तह पछि सवै भन्दा वढि बन र बातावरण क्षेत्रका ५० वटा रहेका छन् । त्यस्तैगरी भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्र्तगत ३४ वटा, प्रदेश पाँच अन्र्तगत १५ वटा र गृह मन्त्रालय अन्र्तगतका १३ वटा उजुरी रहेको कार्यालय प्रमुख गैरेले जानकारी दिएका छन् । काम गर्ने कार्याविध, ठेक्का प्रणाली, मापदण्द, उपभोक्ता समिति गठनका विषयका उजुरी परेको उनले बताएका छन् । आजको नयाँ युगवोध दैनिक पत्रिकामा यो समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १२ गते शनिवार
प्रतिक्रिया