तारकेश्वरमा टिप्पर दुर्घटना हुदा दुई जनाको मुत्यु

काठमाण्डौ, ११ पौष । काठमाण्डौको तारकेश्वर नगरपालिकामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । टिप्पर दुर्घटना हुदा मकवानपुर घर भइ काठमाण्डौको कलंकी बस्दै आएका टिप्पर चालक माइला लामा भनिने र सहचालक धादिङ गल्छीका कमल तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ । काठमाण्डौबाट फोहोर लिएर नुवाकोटको सिसडोलतर्फ जाँदै गरेको बा २ क ३३८ नम्बरको टिप्पर दुर्घटना भएको जनाईएको छ ।

प्रकाशित मिति : २०७६ पुष ११ गते शुक्रवार
प्रतिक्रिया