नेतृत्व गर्न कुनै समस्या छैन : दलित जनप्रतिनिधि

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ११ पौष । देश संघिय संरचना अनुसार दाङमा दश वटा स्थानिय तह छन् । ती दश वटै स्थानिय तह संग समन्वयात्मक भुमिका निर्वाह गर्ने अधिकार जिल्ला समन्वय समितिलाई दिईएको छ ।उक्त समितिको नेतृत्व जितेन्द्रमान नेपालीले गरेका छन् । उनी जिल्ला समन्वय समितिको प्रमुख भएको झन्डै अढाई बर्ष भयो । उनी दलित समुदायका व्यक्ति हुन् ।तर उनलाई नेतृत्वमा रहेर काम गर्न कुनै समस्या छैन । जिल्ला समन्वय समितिको प्रमुख हुदा उनी माथी कुनै जातिय विभेद समेत भएन ।उनले अहिले दश वटा स्थानिय तह संग निरन्तर समन्वय र सहकार्य गदै आएका छन् ।
कसैले उनी माथी दलित समुदायको व्यक्ति हो भनेर विभेद गरेको पाईदैन । सवैको साथ र सहयोगले गर्दा उनी निरन्तर दाङको समग्र विकास र समृद्धिको संकल्प गदै आफनो दायीत्व पुरा गर्ने प्रयत्न गरीरहेका छन् । २१ औँ शताब्दीमा आएर पनि जातिय विभेद गर्नु भनेको मान्छेको सोचाईमा भर पर्ने कुरा भएको उनी बताउँछन् ।
हरेक नागरिकले सकारात्मक सोचे राम्रो हुने र नकारात्मक सोचे नराम्रो हुने उनको तर्क छ । आन्तरिक रुपमा नदेखीने गरी कहि कतै जातिय विभेद भएका होलान् उनले भने तर मैले जिल्ला समन्वय समितिको नेतृत्व गरीरहदा म माथी कुनै जातिय विभेद भएको महसुस छैन ।
मुलुकमा सवै कुरा परिवर्तन भईसक्यो र अब जातिय छुवाछुत पनि अन्त्य भईसक्यो भन्ने कुरा त होईन ? अझै पनि त्यो सोच राख्ने मान्छे समाजमा होलान् उनले भने यद्यपी त्यस्तो सोच राख्ने मान्छेलाई अहिलेको सविधानले अधिकार विहिन बनाएको छ । उनीहरुले अहिले चाहेर पनि दलित समुदाय माथी जातिय विभेद गर्न नपाउने उनले बताएका छन् । विगतमा दलित समुदायले कुनै नेतृत्व गर्दा होच्याउने, हेप्ने संस्कार थियो अहिले त्यस्तो संस्कार अन्त्य भईसकेको उनको दावी छ ।
नेतृत्व पाउनु आफैमा धेरै राम्रो अवसर भएको बताउदै उनले दाङको समग्र विकासका लागी सकारात्मक सोचका साथ काम गरीरहेको बताएका छन् ।
आफुले काम गर्दा सवैको साथ र सहयोग पाएको भन्दै कुनै समस्या नभएको उनको अनुभव छ ।साथै उनले आगामी दिनमा आफनो काम र कर्तव्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्मा तुलसीपुर उपमहानगर शिक्षा समिति संयोजकको भएको दुई वर्ष भन्दा वढि समय भयो । उनले शिक्षा समितिको जिम्मेवारी पाएका छन् ।उनी पनि दलित समुदायका भएपनि एउटा शिक्षा क्षेत्रको नेतृत्व गर्ने अवसर पाएका छन् ।उनलाई पनि जातिय विभेद तथा छुवाछुतको कुनै प्रभाव छैन । उता बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को नेतृत्व सोभाराज विश्वकर्माले गरेका छन् ।दलित समुदायका उनी वडा अध्यक्षमा तत्कालिन माओवादी केन्द्र पार्टीको तर्फबाट निर्वाचित भएका हुन् ।उनलाई पनि वडामा काम गर्न कुनै समस्या छैन । जातियताका कारणले वडा र गाउँपालिकामा काम गर्न कुनै समस्या नभएको उनको भनाई छ ।यस्तैगरी वडावासीहरुको पनि उत्तिकै सहयोग र साथ रहेको उनले बताएका छन् ।
नेपालको सविधान २०७२ ले मौलिक हक अन्र्तगत धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको छ ।जसमा धारा २४ को उपधारा ५ मा सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।सोहि सविधानले व्यवस्था गरे अनुसार देशभर ७५३ वटै स्थानिय तहमा दलित समुदायको प्रतिनिधित्व हुनुको साथै कतिपय स्थानिय तहमा नेतृत्व समेत भएको छ ।

प्रकाशित मिति : २०७६ पुष ११ गते शुक्रवार
प्रतिक्रिया