त्रिशिद्धेश्वरी मन्दिर देखी राप्ती शान्ती उद्यान सम्म वृहत ¥याली

तुलसीपुर, ११ पौष ।
भ्रमण वर्ष सन् २०२० लाई मध्येनजर गदै तुलसीपुर उपमहानगरपालिकामा वर्ष भरी विभिन्न कार्यक्रम तथा महोत्सव सन्चालन हुने भएको छ । उपमहानगरपालिका भित्र रहेका पर्यटन क्षेत्र, धार्मिक स्थल, सांस्कृतिक सम्पदा, प्राचिन कला,धर्म तथा संकृति, मठमन्दिर, साहित्यीक, नेपाली चाडपर्व, खान महोत्सव र धर्म संग जोडिएका विभिन्न चाड पर्वलाई पनि पर्यटन वर्ष संगै जोडेर कार्यक्रम तथा महोत्सवको रुपमा आयोजना गरिने भएको छ ।
नगर प्रमुख तथा तुलसीपुर उपमहानगर पर्यटन प्रर्वद्धन समितिका संयोजक घनश्याम पाण्डेको अध्यक्षतामा विहिवार तुलसीपुरमा सम्पन्न भएको बैठकले सवै विषय बस्तुलाई समेटेर पर्यटन बर्षलाई भव्य रुपमा सफल पार्ने तयारी गरिएको छ । सो अवसरमा भ्रमण वर्ष २०२० को तयारी समितिका संयोजक रुप बहादुर खत्रीले आगामी जवनरी १ तारिख देखी डिसेम्वर ३० तारिख सम्म सञ्चालन गरिने वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । घुम्न जाउँ तुलसीपुर अभियानलाई लक्षित गरेर तयार पारिएको ती कार्ययोजनाहरु आबश्यकताको आधारमा परिमार्जन गर्न सकिने छ ।
संयोजक खत्रीले ५२ हप्ता सम्म सन्चालन गरिने तिन दर्जन वढि विषय बस्तु प्रस्तुत गरेका थिए । उनले अहिले सम्म भएका तयारीको बारेमा जानकारी दिदै हाल सचिवालय गठन, तुलसीपुर उपमहानगर चारै तिरका प्रवेशद्धारामा गेट निर्माणका लागी अवलोकन, तुलसीपुर नगरस्तरिय पर्यटन प्रवद्र्धन समिति वनाइएको छ । साथै उद्घाटन कार्यक्रम यहि पौष १६ गते राप्ती उद्यान पार्कमा गरिने भएको छ । भ्रमण वर्ष उद्घाटन गर्न पाँच नम्वर प्रदेशका सभामुख पुर्ण बहादुर घर्ति दाङ आउने भएका छन् । उक्त दिन उद्घाटन हुन अघि तुलसीपुर बजार क्षेत्रमा रहेको त्रिशिद्धेश्वरी मन्दिरबाट पार्क सम्म झाँकी जुलुस सहितको बृहत ¥यालीको आयोजना गरिने भएको छ ।

प्रकाशित मिति : २०७६ पुष ११ गते शुक्रवार
प्रतिक्रिया