समय अगाबै पुल निर्माण गर्नेलाई सम्मान

तुलसीपुर, १० पुष
समय अगाबै ग्वारखोला पुल निर्माण गरेको भन्दै बिजौरी उद्योगबाणिज्य संघले निर्माण व्यवसायीलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमको अयोजना गरेर ग्वारखोला पुल निमार्णका लागी जिम्मा लिएको कालिका रसुवा जेभि कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरेको व्यापारी होमबहादुर बस्नेतले जानकारी दिए ।
बिजौरी उद्योग वाणिज्य सघकां अध्यक्ष मुक्ती बहादुर वली (मुकेश) को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वलीले प्रमुख अथिति तुलसीपुर उपमहानगरपालिका– १८ का वडाध्यक्ष माधव वलीले राम्रो कामको सम्मान र सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।  कालिका रसुवा जेभि कन्ट्रक्सनले तोकिएको समय भन्दा ७ महिना अगाडी पुलको निमार्ण कार्य सम्पन्न गरेको थियो । निर्माण कार्य सम्मपन्न भएको पुल अहिले सुचारु भइसकेको छ ।

कार्यक्रममा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठले आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले काम अगाडी बढाएको र सोहि अनुरुप सम्पन्न गर्न सफल भएको बताए । निमार्ण कार्य सम्पन्न गर्न स्थानीयको पनि ठूलो सहयोग प्राप्त गरेको भन्दै धन्यवाद समेत दिए । बिजौरी उद्योग वाणिज्य सघंका उपाध्यक्ष लेखनाथ खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिरेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष १० गते बिहिवार
प्रतिक्रिया