राष्ट्रिय सभा निर्वाचनमा भाग लिने ११ दललाई निर्वाचन चिन्ह प्रदान

काठमाडौ, ९ पौष । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । त्यसै गरी आयोगले निर्वाचन अधिकृत पनि नियुक्ति गरेको छ ।

प्रकाशित मिति : २०७६ पुष ९ गते बुधवार
प्रतिक्रिया