ट्रिपरको ठक्करबाट तुलसीपुरमा एकै घरका दाजुभाइ घाइते

तुलसीपुर, ८ पुष

ट्रिपरको ठक्करबाट तुलसीपुरमा एकै घरकादाजुभाइ घाइते भएका छन् । घाइते मध्य गम्भिर घाइते तुलसीपुर–२ खैरीपुर निबासी २० बर्षका जिवराज वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । त्यसैगरी बर्ष १४ का तिलक वलीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरबाट खैरीपुर तर्फ जाँदै गरेको लु१९प १६१८ नम्बरको मोटरसाईकललाई बालापुरबाट तुलसीपुर तर्फ आउदै गरेको रा१ख१९६४ नम्बरको ट्रिपरले गहतेखोलामा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ठक्कर दिने ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया