नाग्म गमगढी सडक खण्ड सुचारु

 

शुभाकर विश्वकर्मा,

जुम्ला,७ पुषा / मसिंर अन्तिम साता लगातार परेको हिमपातका कारण अवरुद्ध नाग्म गमगढी सडक खण्ड सुचारु भएको छ । कर्णाली प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने मुख्य सडक विगत दुई साता बन्द थियो । गत मंसिर २५,२६ र २७ को हिमपातका कारण सडक अवरुद्ध हुदाँ मुगुबाट तराई झर्ने र तराई बाट मुगुसम्म पुग्ने सवारी आवागमव पुर्ण रुपमा बन्द थियो ।

केही दिनको प्रयास पछि सडक खुलेको सडक डिभिजन कार्यालय,जुम्लाले जनाएको छ । बाँक्लो हिमपात भएकोले हिनडुल गर्न समेत समस्या भएको थियो । डोजरले हिउ पन्छाएर अबरुद्ध सडक खोलिएको कार्यालयका इन्जिनियर स्वरोण कुमार महतारालाले बताए । उनका अनुसार अब पुर्ण रुपमा गाडी सञ्चालनमा ल्याउन सकिनेछ । बाटो बन्द भएका कारण चिसोको समयमा रारा घुम्न जाने पर्यटक तथा स्थानीय प्रभावित भएका थिए । अब आवातजावातमा सहज हुने भएको छ ।

प्रकाशित मिति : २०७६ पुष ७ गते सोमवार
प्रतिक्रिया