अपहरणमा परेका अध्यक्ष शाहीको उद्धार

तुलसीपुर, ६ पुस
विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको उद्दार गरिएको छ । उनी सहित श्रीमती इलालाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ अपहरण गरेका थिए । अपहरणको खबर पाएलगत्तै खोजी कार्य तिब्र पारेको प्रहरीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले जानकारी दिए । प्रमुख जिल्ला अधिकार नेपालीले विप्लव माओवादीले अध्यक्ष शाहीलाई छोडेर भागेको बताए पनि कोही पक्राउ नपरेको बताए । यसैविच केहीसमय अघि विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।

 

प्रकाशित मिति : २०७६ पुष ६ गते आइतवार
प्रतिक्रिया