ढुङ्गाले लागेर एक जनाको मृत्यु

मुगु, ४ पौष । छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगा भट्याचौर तुईन पारी ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्ला बड्ईया ताल गाउँपालिका २ का ३८ वर्षका राम्जी प्रसाद लामिछानेको ढुङ्गाले लागेर मृत्यु भएको हो । कामको शिलशिलामा सदरमुकाम गमगढीबाट छायाँनाथ रारा नगरपालिका १४ बाममा मेसिन जडान गर्न जाने क्रममा लामिछानेलाई ढुंगाले लागेको प्रहरीले बताएको छ । ढुंगाले लागेर घाईते भएका लामिछानेलाई उपचारको लागि जिल्ला अस्पताल लगीए पनि उपचारकै क्रममा मृत्युभएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ पुष ४ गते शुक्रवार
प्रतिक्रिया