महासंघको आयोजनामा तुलसीपुरमा आँखा शिविर सम्पन्न

तुलसीपुर, ३ पौष ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसका अवसरमा विहिवार तुलसीपुरमा निशुल्क आाँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । महासंघको आयोजनामा चएको आँखा शिविरमा २९ जना पत्रकारहरुले आँखाजाँच गराएका थिए । आँखा जाँच गराएका मध्ये धेरैको आँखामा समस्या देखिएको बताईएको छ ।
अधिकांसको आँखा सुक्खा देखिएको र केहीलाई चस्मा लगाउने समस्या देखिएको छ । केहि पत्रकारलाई थप आँखा जाँचकालागि अस्पतालमा बोलाएको राप्ती आँखा अस्पताचल रक्षाचौरका बाह्य कार्यक्रम अधिकृत सालिकराम गौतमले जानकारी दिएका छन् । पत्रकारहरु कम्प्युटर, मोवाईलमा लामो समय बस्नु पर्ने र काम गर्दै जाँदा आँखा जिम्काउन भुल्ने हुँदा आखाको ओसीलो पन नभएको देखिएको चिकित्सकहरुले बताएका छन् । यसैविच महासंघले शुक्रवार विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकार र विभिन्न सन्चार माध्यमलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गदैछ ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया