अकालमै ज्यान गुमाउने बिजिता

ओपेन्द्र बस्नेत
तुलसीपुर, ३ पुष / सुन्दर भविष्यको कल्पना गर्दै घरबाट हिडेकी १३ बर्षीया बालिकाले स्कुल नपुग्दै अकालमै ज्यान गुमाउनु प¥यो । तुलसी आवासिय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत तुलसीपुर ७ शिवनगर निवासी बेद बहादुर केसीकी छोरी विजिताको सुन्दर सपना तिव्र गतिमा आएको टेक्टरले कहिल्यै नउठ्नेगरी सडकमै ढलाईदियो ।

गोठीखोलाबाट हुईकिएर आएको रा१त १४३५ नम्बरको टेक्टरले तुलसीपुर–सल्यान सडक खण्डको गोदाम घर नजिकै सडक छेउमा हिड्दै गरेकी बालिकालाई ठक्कर दिएपछि पढेर साँझ घरमा फर्किने विजिताको अभिलाशाा सधैका लागि अन्त्य भयो । यसैगरी सोही घटनामा घाइते १४ बर्षकी मनिषा वली भने उपचार पछि घर फर्किएको अस्पतालले बताएको छ ।

छोरीलाई टेक्टरले ठक्कर दिएको जानकारी पाउने वित्तिकै बेहोस भएकी आमा उमा केसीलाई मृत्यु भएको खबर दिइएको छैन । घटनाको जानकारी पाउने वित्तिकै तुलसी आवासीय विद्यालयबाट स्वतस्फूर्त रुपम निस्कीएका विद्यार्थीहरुले दिनभर तुलसीपुरमा टायर बालेर चक्काजाम गरे । सल्यान रोड, सुर्खेत रोडको पिपलबोट, विरेन्द्र चोक , घोराही रोड, अमिलिया–तुलसीपुर रोडमा टायर बालेर दोषीलाई कडा कारबाहीको माग गर्दै प्रर्दशन गरे । आक्रोशीत विद्यार्थीहरुले दोषीलाई हदै सम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

बालिकाको शव उठेन

यसैविच सवारी चालकलाई कडाभन्दा काडा कारबाही गर्ने प्रतिवद्धता प्रहरीले नजनाउदा सम्म शव नउठाउने आफन्तले बताएका छन् ।
लापर्वाही पूर्ण तवरले हिड्दै गरेकी बालीकालाई ड्राइभरले बाटो छोडेर छेउमै आएर हानेको भन्दै उसलाई कारबाही हुनेपर्ने आफन्तको माग छ । ‘टयाक्टरको विमा पनि गरेको रहेन छ । समितमा पनि रहेन छ ,’ छिमेकी मोहनलाल वलीले भन्नुभयो–‘टयाक्टर धनीले जसरी पनि म मिलाउछु भन्छ । कारबाही गर्ने लिलित प्रतिवद्धता नभएसम्म शव नबुझने भनेका छौ ।’

मृतक बालिकाका वुवा रोजगारीको शिलशिलामा मलेसीयमा हुनुहुन्छ । बालिकाको शव राप्ती प्रादेशिक अस्पतलमा राखिएको छ ।
यता प्रहरीले भटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ । घटना कसरी घटेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको बताउदै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले दोषी पाइएमा कारबाही गर्ने बताउनुभयो । ‘पिडित पक्ष, टेक्टर धनी र तुलसीपुरको प्रहरी बसेर मृतक बालिकाको वुवा आएपछि पुनः बस्ने सहमति भएको छ ।,’ प्रहरी उपरीक्षक भट्टराईले भन्नुभयो ।
ठक्कर दिने टेक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा जनाएको छ । टेक्टरको अगाडीको टायर पञ्चर भएर अनियन्त्रीत हुदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया