नउठ्ने ९८५७८९००८८ प्रहरीको फोन

 

तुलसीपुर, ३ पुष

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरीहर नाथ योगीले नागरिकले पाउने सूचनाकाे हकलाइ लत्याएका छन । स्कुले विद्यार्थीको ज्यान जानेगरी तुलसीपुरमा बिहिबार भएको सवारी दुर्घटना पछि उत्पन्न तनावपूर्ण अवस्थाको जानकारी लिन ९८५७८९००८८ मा बारम्बार टेलिफोन सम्पर्क गरेपनि प्रहरी नायव उपरीक्षक हरीहर नाथ योगीले रिसीभ गरेका छैनन् । ९८५७८९००८८ नम्बर, इलाका प्रहरी कार्यालय तुलसीपुरमा आउने जुनसकै कार्यालय प्रमुखले पनि प्रयोग गर्ने सार्वजनिक नम्बर हो ।

तर प्रनाउ योगीले जति पटक सम्पर्क गरेपनि फोन नउठाउने गरेको पत्रकार ओपेन्द्र बस्नेतले जानकारी दिए । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २९ ङ मा सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन सूचना माग्ने र पाउने अधिकारको व्यवस्था भएपनि प्रनाउ योगीले त्यसको धज्जी उडाउदै  आएका छन् । प्रनाउ योगीले सूचना नदिदा  टेक्टरले ठक्कर दिदा मृत्यु भएकी तुलसीपुर ७ शिवनगर निवासी बेद बहादुर केसीका छोरी १३ वर्षिया बालिका विजिता केसीको आम नगरिकले बास्तविक सत्यतथ्य सूचना प्राप्त गर्न सकेका छैनन् ।

यता नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले आम नागरिकलाई सूसूचित गर्ने पत्रकारले गरेको फोन नउठाउनु प्रहरीको गम्भिर त्रुटी भएको बताएका छन् ।  ‘कार्यालयको लागि प्रायोगमा आएको फोन इमेरजेन्सी हो । कतैबाट आएको फोन प्रहरीे उठाउनै पर्छन,’ सल्लाहकार रेग्मीले भने – ‘ हरेक नागरिकको आपत विपतको साथी भनेकै प्रहरी हो भने, संचार माध्यमको सूचनाको श्रोत पनि प्रहरी नै हो ।’

सार्वजनिक फोनमा इच्छा र अन्इच्छा भन्ने कुरा नहुने भन्दै रेग्मीले सार्वजनिक निकायमा बसेका व्यक्ति नागरिक प्रति उत्तरदायी हुनै पर्ने बताउनुभयो ।  त्यसैगरी पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले पनि सार्वजनिक फोन नउठाउनु प्रहरीको गैर जिम्मेवारी पन भएको बताए ।  नागरिकको ज्युधनको सुरक्षा, आपतविपत, जस्तोसुकै परिस्थीमा प्रहरी अनिवार्य अंग जस्तै भएकाले जसले गरेपनि प्रहरीले कार्यालयको सार्वजनिक फोन उठाउनु पर्ने बताए   ।

के भन्छन एसपी ?
यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले कार्यालय प्रमुखले फोन उठाउनै पर्ने बताउछन् ।
‘फोन उठाउदैन भन्न पाईदैन किनकी त्यो सार्वजनिक फोन हो । त्यसमा पनि अझै प्रहरीको ’ प्रहरी उपरीक्षक भट्टराईले भने –‘ उठाउदैन भन्ने प्रश्न नै हुदैन उसले उठाउनै पर्छ म कुरा गर्छु ।’

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया