टेक्टरको ठक्करबाट तुलसीपुरमा एक बालिकाको मृत्यु एक घाईते

तुलसीपुर, ३ पौष । तुलसीपुरमा टेक्टरले ठक्कर दिदा एक बालिकाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । तुलसीपुर सल्यान रोड सडक खण्ड अन्र्तगत गोदामघर नजिकै टेक्टरले विहिवार विहान साढे नौ बजे ठक्कर दिदा तुलसीपुर ७ शिवनगर निवासी बेद बहादुर केसीका छोरी १३ वर्षिया बालिका विजिता केसीको ज्यान गएको प्रहरीले जनाएको छ । टेक्टरको ठक्करबाट गम्भिर घाईते भएकी बालिकाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरीले बताएको छ । यस्तै सोहि ठाउँ निवासी उमा वलीको छोरी १४ वर्षिया मनिषा वली घाईते भएकी छिन् ।

उनको अवस्था भने सामान्य रहेकाने बताईएको छ । उनीहरु दुवै जना बालिका तुलसी आवासिय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको बुझिएको छ । विद्यालय जनाका लागी सडक छेउमै उभिएका उनीहरुलाई उत्तर तर्फबाट तुलसीपुर बजार तर्फ आउदै गरेको टेक्टरले ठक्कर दिएको प्रहरीको भनाई छ । ठक्कर दिने टेक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । टेक्टरको अगाडीको टायर अचानक पन्चट हुदा सडकको छेउमा उभिएका बालिकालाई ठक्कर दिन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया