आज १२औं श्रीमणि स्मृति दिवश

तुलसीपुर,३ पुस ।
बाम आन्दोलनका अथक योद्धा श्रीमणि आचार्यको १२ औं स्मृति दिवश आज मनाईदै छ । निष्ठाको राजनितिक थालेका आचार्यको २०६४ साल पुस ३ गते काठमाण्डौंमा उपचारका क्रममा निधन भएको थियो । जनताकै लागि थालिने आन्दोलनको उनले अगुवाई गर्ने गर्दथे । २०५१ सालको मध्यावधि चुनावमा विजौरीमा भएको गोलिकाण्डको बेला गोली लागेको थियो ।

राजनितिक लाई समाज सेवाका रुपमा लिने उनले सरकारी जागिर समेत त्या गरेका थिए । तुलसीपुर ११ हसनापुर निवासि आचार्यले बालबालिका देखि बबृद्धबृद्धाहरुलाई उस्तै ब्यवहार गर्ने गर्दथे । उत्कृष्ट विचारलाई आत्मासाथ गर्दै अघि बढ्ने आचार्यलाई विपक्षीहरुले पनि उत्तिकै रुचाउथे ।

यसैविच श्रीमणि स्मृति प्रतिष्ठानले आज कार्यक्रमको आयोजना गरेको छ । विहान साढे ११ बजे तुलसीपुर उपमहानगरको सभाहलमा कार्यक्रमको आयोजना गरिएको सदस्य मान बहादुर रावतले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया