उरहरी चौकमा चोरीका घटना बढ्दै

तुलसीपुर,३ पुस ।
तुलसीपुर उपमहानगरपालीका ११ उरहरी चौकमा रहेको युनिक मोवाईल पसलमा चोरी भएको छ । मंगलवार राती पसलमा चोरी हुदा मोवाईल,रिचार्ज कार्ड,नगद, सहित ८० हजार बराबरको चोरी भएको पसल सञ्चालक दिनेश केसीले जानकारी दिएका छन । चोरले तालामा आगो लगाएर फोडेको उनले बताएका छन । घटनाबारे जनाकार पाएपछि  ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोली पुगेर मुचुल्का तयार पारी अुनसन्धान भैरहेको बताएको छ ।

एक किलोमिटरको दुरीमा प्रहरी चौकि भएपनि त्यस क्षेत्रमा चोरीका घटनाहरु बढ्न थालेका छन । यस अघि २०७४ सालमा पनि केसीको मोवाईल पसलमा चोरी भएको थियो । चोरी गर्ने समुह अझै फेला परेको छैन । उतिवेला नजिकै रहेको एक साईकल स्टोरमा पनि चोरी भएको थियो । त्यस क्षेत्रमा केहि दिन अघि पनि शितलपुर नजिक तुर्कि चौकमा किराना पसलमा समेत चोरी भएको थियो । पछिल्लो समय बजारका रुपमा विस्तार हुन थालेको उरहरी चौकमा चोरीका घटना बढ्दा खेरी ब्यापारीहरु त्रासमा रहेका छन ।

त्यस क्षेत्रमा दुई दर्जन बढि पसल,आईएमई समेत रहेको छ । बजार विस्तार भएपनि चौकमा सुरक्षा ब्यवस्था नहुदा चोरीका घटना बढेको ब्यापारीले बताएका छन । चौकमा प्रहरी बिट भएतापनि  प्रहरी विनाको बिट भएको ब्यापारीको भनाई छ । यसैविच जसपुर प्रहरी चौकिका ईन्चार्ज नेत्रमणि नेपालीले भने त्यस क्षेत्रमा राती सम्म पनि गस्ती गर्ने गरेको बताएका छन । एरीया ठुलो हुदा  विभिन्न स्थानमा गस्ती गर्नुपर्ने भएपनि चौकमा विषेश निगरानि बढाउदै गएको बताएका छन ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया