दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

तुलसीपुर, २ पुष ।
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी २३ वर्षीय शिवराज डाँगीको मृत्यु भएको हो।दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार सोही ठाउँ निवासी १९ वर्षीय सुमन अधिकारी भने घाइते छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा भन्ने स्थानमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ९८३ नम्बरको टिप्परले पूर्वतर्फ जाँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते डाँगीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार बुधबार बिहान साढे ५ बजेतिर उक्त दुर्घटना भएको थियो । ठक्कर दिएलगत्तै फरार भएको टिप्परलाई लमही नगरपालिका वडा नं. ५ फल्कापुरको एक इँट्टाभट्टाबाट नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया