तुलसीपुरका सवै वडामा स्वास्थ्य भवन बन्दै

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २ पौष ।
चालु आर्थिक वर्षमा तुलसीपुर उपमहानगरका सवै नगर स्वास्थ्य केन्द्रमा प्रसुती सेवा सहितको स्वास्थ्य भवन निर्माण हुने भएका छन् ।तुलसीपुर स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार उपमहानगरको भित्र रहेका सवै नगर स्वास्थ्य केन्द्रमा टाईप १ डिजाईनको स्वास्थ्य भवन निर्माण हुने भएका छन् । तुलसीपुरमा दश वटा नगर स्वास्थ्य केन्द्र , एउटा सामुदायिक ईकाई केन्द्र र शहरी स्वास्थ्य केन्द्र रहेका छन् । यस्तै अन्य स्थानमा स्वास्थ्य चौकी सन्चालनमा रहेका छन् । धेरैजसो स्वास्थ्य चौकीको आफनै भवन रहेका छ्न् भने कतिपयको बन्ने प्रक्रिया रहेका छन् ।
जनगणना २०६८ अनुसार सात हजार भन्दा कम जनसंख्या भएको वडामा टाईप २ डिजाईन् र सात हजार भन्दा बढि जनसंख्यामा भएको वडामा टाईप १ डिजाईनको भवन निर्माण हुने भएको हो । टाईप १ अन्र्तगत प्रसुती सेवा सहितको भवन निर्माण हुनेछ भने टाईप २ मा प्रसुती सेवा बाहेकको भवन निर्माण हुने तुलसीपुर उपमहानगर स्वास्थय महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् ।उनका अनुसार टाईप एकको लागी सोह्र आना र टाईप दुई का लागी नौ आना बराबरको जग्गा आबश्यक पर्दछ ।भवनका लागी जग्गाको व्यवस्थापन भएसंगै काम अगाडी बढ्ने उनले बताएका छन् ।यस अघि केहि वडामा स्वास्थ्य भवन निर्माण भईसकेका छन् भने कतिपय स्थानमा बन्ने प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया