निजि विद्यालयमा गरिव बालबालिकाले पढ्न सक्ने बनाऔँ : सांसद चौधरी

तुलसीपुर, २ पौष ।
प्रदेश पाँचका सांसद डिल्ली चौधरीले निजि विद्यालयलाई एकातिर राखेर नयाँ कानुन बन्न नसक्ने दावी गरेका छन् । राष्ट्रको आर्थिक विकासका लागी निजि क्षेत्रको महत्वपुर्ण योगदान रहेको भन्दै उनले निजि विद्यालयहरुको उपस्थिति बिना मुलुकमा छुट्टै नयाँ कानुन बन्न नसक्ने बताएका छन् ।नेपालको सविधानले चार वटा तहलाई मुख्य प्राथमिकता दिएको बताउदै उनले त्यस मध्ये निजि क्षेत्र पनि एक भएको बताएका छन् ।नेश्नल प्याप्सन दाङको आयोजनामा बुधवार तुलसीपुरमा भएको दोस्रो बृहत खेलकुद प्रतियोगिताको उद्घाटन गदै सांसद चौधरीले निजि क्षेत्रको सहकार्यमा ऐन कानुन निर्माण हुने बताएका हुन् । निजि क्षेत्र जवसम्म अगाडी बढ्दैन तब सम्म देशको विकास सम्भव नभएको उनको भनाई थियो ।
जिल्ला अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले निजि बिद्यालयको तुलनामा सामुदायिक विद्यालयको पठनपाठन दिनप्रतिदिन कमजोर हुदै गएको बताउदै सामुदायिक र निजि विद्यालय विचको सहकार्य हुन जरुरी रहेको बताएका छन् । साथै उनले निजि विद्यालय एक प्रकारको उद्योग भएकाले त्यसमा निजि लगानी भएपनि सेवा मुलक संस्था भएको हुदा गरिव तथा विपन्न बर्गका बालबालिकाले पनि पढ्न सक्ने खालको बनाउनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया