शीतलहरले तुलसीपुरको जनजीवन प्रभावित

 

तुलसीपुर, २ पुष

हिजोदेखि चलेको शीतलहरका कारण तुलसीपुरसहित दाङको जनजिविन प्रभावित बनेको छ । दाङमा पहिलो पटक सीतलहरको अनुभव भएको तुलसीपुर–१२ निबासी ६५ बर्षका मानबहादुरी घर्तीले बताए । ‘डम्म कुईरो त लाग्थ्यो,’ घर्तीले भने–‘मसिनो पानी सहितको चिसो हावा यसरी लागेको अहिलेसम्म थाहा पाएको थिइन ।’ चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुरी गरेर खाने बढि प्रभावित भएका छन् ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय शितलहरका कारण अत्याधिक जाडो वढेको भन्दै त्यसबाट जोगिनका लागि दाउरा वाल्ने भएको छ । उपमहानगरपालिका विपद व्यवस्थापन समितिले जाडोले सर्वसाधारणहरु कठ्याङ्गरिएको भन्दै विभिन्न सामुदायिक केन्द्रका साथै चोकचोकमा दाउरा वाल्नका लागि वडाहरुलाई निर्देशन दिएको छ ।

उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सर्वसाधारणको जीवन रक्षाका लागि यस्तो कदम चालिएको वताए । यसैगरी अति विपन्न, न्यानो कपडा नभएका, संकटापन्न परिवारको पहिचान गरेर विपद व्यवस्थापन समितिमा वुझाउनका लागि वडालाई पत्राचार समेत गरिएको शाखा प्रमुख भिम खत्रीले जानकारी दिखएका छन् । उनले पुस ४ गतेभित्र सबै विवरणल उपलब्ध गराइसक्ने गरी पत्राचार गरिएको समेत जानकारी दिए । वडावाट सिफारिस भएर आएका व्यक्तिहरुलाई उपमहानगरपालिकाले न्यानो कपडाको समेत व्यवस्था गर्नेछ । केही दिन यता अत्याधिक चिसोका कारण जनजीवन प्रभावित हुँदै गएको छ ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया