समाज कल्याणका केन्द्रिय उपाध्यक्ष विश्वकर्मा सम्मानित

तुलसीपुर, १ पौष ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा सम्मानित भएका छन् ।बाबु जगजिवन राम कला संस्कृति तथा साहित्य अकादमीले गत मंसीर २४ गते अर्थात डिसेम्वर १० तारिखमा भारतको नयाँ दिल्लीमा आयोजना गरेको एक कार्यक्रमबाट संघका केन्द्रिय उपाध्यक्ष विश्वकर्मा सम्मानित भएका हुन् ।नेपालमा दलित समुदायको हक र अधिकारको बारेमा विगत लामो समय देखी वकालत र दलित आन्दोलनमा महत्वपुर्ण योगदान गरेको भन्दै उनलाई बाबु जगजिवन राम अन्र्तराष्ट्रिय अवार्ड २०१९ ले सम्मान गरिएको हो । संस्थाका अध्यक्ष डाक्टर एन.एस खोबाले उनलाई अवार्ड हस्तान्तरण गदै सम्मान गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया