समाज परिवर्तन गर्न व्यवहार बदलऔँ

तुलसीपुर, १ पौष ।
समाज परिवर्तनका लागी सोच र व्यवहार बदल्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।जातिय तथा लैङिगक विभेदले गर्दा समाज परिवर्तन गर्न चुनौती थपिएको भन्दै बषौ देखीको सामाजिक कुसंस्कारलाई अन्त्य गर्न सके मात्रै सामाजिक,आर्थिक र राजनितिक आन्दोलन सफल हुने उनीहरुले बताएका छन् । समाजमा जातिय र लैङिगक विभेदकै कारण मानव मानव बिच आन्तरिक द्धन्द्ध भईरहेको भन्दै यसलाई अन्त्य नगर्दा सम्म समृद्धि नेपालको कल्पना समेत गर्न नसकीने उनीहरुको भनाई थियो ।
दलित महिला संघ जिल्ला शाखा दाङको आयोजनामा मंगलवार तुलसीपुर १८ हेमन्तपुरमा भएको जातिय तथा लैङिगक विभेद विरुद्धको सवैधानिक व्यवस्था र सामाजिक समावेशिकरण सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले सामाजिक कार्य देखी विकास निर्माण सम्म कार्य गर्नका लागी सामाजिक एकता र सद्भावको आबश्यक पर्ने बताएका छन् ।
विगतमा जातिय तथा लैङिगक विभेदकै कारण समाज पछि परेको बताउदै उनले हरेक विकास निर्माणका कार्य सम्पन्न गर्नका लागी सामाजिक एकताको खाँचो पर्ने बताएका छन् ।एकले अर्काले दमन,शोषण र विभेद जस्ता गतिविधिले समाज अघि बढ्न नसक्ने भन्दै वडा अध्यक्ष वलीले पुरानो सोच र संस्कारलाई त्याग्नु पर्नेमा जोड दिएका छन् ।साथै उनले मानव जाती एउटै हो भन्ने सकारात्मक सन्देश दिनु अहिलेको प्रमुख आबश्यकता रहेको बताएका छन् ।
विगतमा शोषणबादीहरुले महिला र दलित समुदायहरुलाई पछाडी पार्नका लागी गलत संस्कारको विकास गरेको भन्दै यसलाई अन्त्य गर्नका लागी सवै एक जुट भई सामाजिक सेचतना अभियान सन्चालन गर्नुपर्ने बताएका छन् । पुरानो संस्कारले गर्दा २१ औ शताब्दी सम्म आईपुग्दा पनि सामाजिक विभेद अझै कायम रहेको बताउदै उनले भावी पुस्ताले विर्सने गरी यस्तो कुसंस्कारलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपालीले जातिय तथा लैङिगक विभेद विरुद्ध राज्यले गरेको सवैधानिक व्यवस्थाको वारेमा प्रशिक्षण दिएका थिए ।साथै उनले दलित सुमदाय र महिलाहरुको हक र अधिकारको बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा दलित र गैरदलितका महिला तथा पुरुषको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया