कौवाघारीबासिले पाउने भए स्वच्छ खानेपानी, साँसद केसीले गरे ट्याङ्कीको सिलान्यास

दिप्तीशिखा चौधरी, १ पौष दंगीशरण ।
बर्षौदेखि खोला खोलसेर पानी खाईरहेका दंगीशरण गाउँपालिका वडा न २ कौवाघारीका स्थानीयहरु अव भने सफा र स्वच्छ खाने पानी पिउन पाउने भएका छन् । रोटरी कल्व भरतपुरले खाने पानी ट्याङ्की निर्माण योजना संचालनमा ल्याएपछि गोल्टाकुरीको कौवाघारी सहित चार गाउँका बासीहरु सफा पानी पिउँन पाउने भएका हुन । स्थानीय निर्मला वि.क. लामो समयदेखि खोला खोलसेर जरुवा वनाएर माटो थिर भएपछि गाग्री भरेको तितो अनुभव सुनाईन् ।

सोहि गाउँकि मनकला वि.क. अहिले खुसी छिन । लामो समयदेखि खानेपानीको समस्या बाट गुज्रदै आएका त्यहाँका महिला गृहणीहरु खानेपानी ट्यांकी निमार्ण हुनलागेपछि खुसी भएका छन् । २ लाख लिटर पानी अट्ने पानी ट्यांकी निर्माण पश्चात गोल्टाकुरीका तीन सय घरधुरी लाभान्वित हुने निर्माण समितीका अध्यक्ष भरत परियारले बताए । खाने पानी टयांकीको सम्पुर्ण निर्माण कार्य आउदो अषाढ मसान्त भित्र सक्ने परीयारले जानकारी दिए । रोटरी कल्व भरतपुरले १ करोड २५ लाखको लागतमा निर्माण कार्य सम्पन्न हुने रोटरी क्लवका सदस्य सुमित तिमल्सीनाले जानकारी दिए ।

सांसद केसीद्धारा सिलान्यास

यसैबिच आज मंगलबार एक कार्यक्रमका बिच संघीय सांसद हिराचन्द्र केसीले कौवाघारी खानेपानी ट्यांकीको सिलान्यास गरेका छन् । सिलान्यास कार्यक्रममा बोल्दै केसीले जनताको जिवन संग जोडिएका मुख्य कुरा खानेपानी, सिचाईका लागि डिप बोरीङ् , पक्की सडक लाई आफुले मुख्य रुपमा हेर्दै योजना बनाईरहेको उनले बताए । अहिले गोल्टाकुरीको सडक पक्की बनाउँन बजेट छुट्याएको उनले जानकारी दिएका थिए । कार्यक्रममा गाँउपालीकाका अध्यक्ष भागिराम चौधरीले हरेक नागरीकका आवस्यकता पुरा हुदै हुदै जाने बताएका थिए ।
उपाध्यक्ष पिमा खड्काले गाउँपालिकामा खानेपानी र सिचाईको समस्यालाई समाधान गर्न गाउँपालिका लागीपरेको बताईन् ।

कौवाघारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष भरत परियारको अध्यक्षता एंव संघिय सांसद हिराचन्द्र केसीको प्रमुख अतीथ्यमा कार्यक्रम भएको हो । कार्यपालिका सदस्य कमानसिंह नेपालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सचिव डिल्ली मल्लले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया