नेविसंघको बिधान बिपरित गतिविधि गर्ने बस्नेत परे कारबाहीमा

तुलसिपुर, १ पुस।
नेबिसङ राप्ती बबई क्याम्पस तुलसीपुर इकाइ समितिले समितिका उपाध्यक्ष वसन्त बस्नेत लगायत बिधान बिपरित समानान्तर गतिविधि सन्चालन गर्नेहरुलाइ कारबाही गरेको छ । इकाई सभापति रोहित न्यौपानेले एक बिज्ञप्ती जारी गरि पछिल्लो समयमा आफुले आफैलाइ अध्यक्ष घोषणा गरि समानान्तर गतिविधि सन्चालन गरेकोप्रती आपत्ती जनाउदै इकाई उपाध्यक्ष बस्नेत नेतृत्वको समानान्तर कमिटिका सबैलाइ नेबिसङको बिधान बमोजिम अनुशासनको कारबाही गरिएको जनाएका छन् ।

इकाइ अध्यक्ष न्यौपानेले नेबिसंघको बिधान भित्र रहि नेबिसङ र पार्टीलाई बलियो बनाउन तर्फ गम्भीर हुन समेत नेबिसंघमा आबद्ध विद्यार्थीहरुमा आह्वान गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया