पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै

काठमाण्डौ, १ पौष । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आज पौष १ गतेलाई कालो दिवसका रुपमा मनाइँदैछ ।२०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला बीपी लगायतका नेतालाई पक्राउ गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । पुस १ गते तरुण दल लगायत संस्थाले प्रजातन्त्र माथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दल लगायतले देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया