सडक कालोपत्रे गर्न तुलसीपुर – ११ ले गर्यो सिफारीस

तुलसीपुर,३० मंसीर ।

तुलसीपुर उप महानगरपालीकाले ११ नम्बर वडा कार्यालयले बिकास निर्माणलाई तिब्रता दिने भएको छ । वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षतामा आज बसेको वडा कार्यसमितिको बैठकले वडा स्तरिय पुर्बाधार बिकास र लक्षित बर्ग तर्फका कार्यक्रमहरुलाइ तिब्र रुपमा अगाडि बढाउने निर्णय गरेको वडा सदस्य सुबास डागीले जानकारी दिए । वडा सदस्य डाँगीका अनुसार बिकास निर्माण कार्य अगाडी बढाउन,पारदर्शी रुपमा उपभोक्ता समिती गठन गर्नका लागि वडा सदस्यहरुलाइ क्षेत्रगत जिम्मेवारी समेत प्रदान गरिएको छ ।

जस अनुसार उरहरी र जसपुर क्षेत्रमा निर्मा चौधरी, कटाहा, हस्नापुर र बेल्टाकुरा क्षेत्रमा सुबास डाँगी, नवलपुर, बेलगनार र सुकौरा क्षेत्रमा घनश्याम गौतम र प्रीगाउँ र मोतिपुर क्षेत्रमा गौतम र खिमा कुमारी बिकलाइ संयुक्त रुपमा सहकार्य गरि उपभोक्ता समिती गठन गरिएको छ ।
साथै बैठकले उपमहानगरपालिकाले गर्ने भनिएको कालोपत्रेका लागि वडाको अमर माबी उरहरी हुँदै दामोदर मार्ग जोड्ने र नवलपुर वडाको सिमाना देखि प्रीगाँउ हुँदै मोतिपुर सम्म कालोपत्रे गर्ने निर्णय गरि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा सिफारिस गरिएको वडा सदस्य डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया