‘बैदेशिक रोजगारले दुर्घटना निम्त्याउदै’

मिना खड्का,तुलसीपुर,३० मंसीर ।
आप्रवासि कामदारहरुको अवस्था, चुनौतिमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । नमुना युवा साँसद नेपाल तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा महिला पुर्नस्थापना केन्द्र ओरेकको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका तुलसिपुर उपमहानगरपालिका प्रबत्ता सुर्य बहादुर डाँगिले बाध्यताले बिदेशिने युवाहरुको लागि नेपालमै रोजगोर सृजना गर्न उपमहानगरपालिकाले बिभिन्न पहलहरु गरिरहेको बताएका थिए ।

कार्यक्रम बारे प्रकाश पार्दै ओरेककि दाङ जिल्ला संयोजक ईश्वरि थापाले आप्रवासि कामदार दिवश मनाउनुको कारण, आप्रवासि कामदारहरुको अवस्थाका बारेमा जानकारी गराएकि थिईन । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यैपानेले नेपालमा भएका विभिन्न समस्या सामाधानका लागि बाहिरि देश गएर मात्रै सामाधान हुन्छ भन्ने सोचको अन्त्य गर्नुपर्ने बताएका थिए । उनले बिभिन्न रोगहरुले आक्रमण गर्न सक्ने भएकाले बिदेश जानै परे सजग हुनुपर्ने उनले बताएका थिए ।

सो अवसरमा इलाका प्रहरी कार्यलय तुलसिपुरका प्रहरि निरिक्षक चक्रडम्बर पालले बैदेशिक रोजगारिमा जाने युवाहरुको क्रम नरोकिए समाजमा ठुलो दुर्घटना हुनसक्ने बताए । प्रहरि समक्ष सबैभन्दा बढि बैदेशिक रोजगारिबाट फर्किसकेपछि हुने सम्बन्ध बिच्छेदका घटनाहरु आउने गरेको उनको भनाई रहेको थियो । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक बिकाश शाखा अधिकृत माया श्रेष्ठ, नमुना युवा ससंद तुुलसिपुरका राष्ट्रपति मदन भुसाल, महिला मानव अधिकार रक्षक सञ्जालकि पुर्वअध्यक्ष शुष्मा गिरि, सबित्रा ढकाल, लगाएतले आ आफ्नो बिचार राखेका थिए । उनिहरुले बैदेशिक रोजगारिमा जानेहरुको सङ्ख्याको न्युनिकरण गर्नका लागि श्रम गर्ने व्यक्तिहरु प्रति हेरिने ब्यवहार परिर्बतन गर्नुपर्नेमा जोड दिएका थिए ।

नमुना युवा संसद तुलसिपुर उपमहानगपालिका दाङका सभापति नवराज घिमिरेको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका नगर प्रवत्ता सुर्य बहादुर डागिँको प्रमुख आथित्यता कार्यक्रम भएको हो । ओरेक नेपाल दाङकि कार्यक्रम अधिकृत दिपा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ओरेककी कल्पना चौधरिले गरेकि थिईन ।।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया