सिद्धबाबालाई अनुसन्धान गर्न ७ दिनको म्याद थप

इनरुवा, ३० मंसिर
बलात्कारको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई अनुयायी बलात्कारको आरोपमा अदालतले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानलागि म्याद थपेको हो । अदालतले यसअघि तीन पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोश शर्माले अदालतको आदेश बमोजिम तत्कालकालागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया