सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाकै सनाखत

सिन्धुपाल्चोक, ३० मंसीर । सिन्धुपाल्चोकमा आईतवार विहान भएको बस दुर्घटनामा परि ज्यान गुमाएका १५ जनाकै सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङको परिचय खुलेसँगै १५ जनाकै सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी उपीिक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन् । यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको परि दुर्घटनामा परि मुत्यु भएको प्रहरीले बताएके छ। दुर्घटनामा परि १२ जनाको घटना स्थलमै मुत्यु भएको थियो अनय तिन जनाको उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्कदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस आईतवार बिहान साढे ७ बजे लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

यसअघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए । यस्तै गएको कार्तिकमा दोलखाको मागादेउरालीबाट काठमाण्डाँैका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया