चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौ, ३० मंसीर ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो। घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको बताईएको छ । भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माण समेत गरेका छन्। भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया