जुवाको खालबाट तुलसीपुरमा ११ जना पक्राउ

तुलसीपुर, २९ मंसिर

जुवाको खालबाट तुलसीपुरमा ११ जना पक्राउ परेका छन् । तुलसीपुरको घोराही रोडमा रहेको एलेक्स पुलमा जुवा खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनिहरुलाई ५८ हजार नगद सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका–८ दुधेना निवासी ३५ बर्षका टेकबहादुर घर्ती, २८ बर्षका राजेश कुमार बोहरा, पुल हाउस संचालक ३० बर्षका कमल घर्ती, तुलसीपुर –६ का २४ बर्षका अजय बस्नेत, तुलसीपुर–५ का ३० बर्षका गोकर्ण बुढाथोकी, तुलसीपुर–१८ निबासी २७ बर्षका लक्ष्मण गिरी, तुलसीपुर–५ का बर्ष २६ बर्षका शिवकुमार वली, २८ बर्षका सिद्धान्त गुरुङ, रुपेश कुमार गुप्ता, सन्दिप सेर्पाइली, २९ बर्षका रञ्जीत श्रेष्ठ र रहेको निमित्त प्रहरी प्रमुख चत्रडम्बर पालले जानकारी दिए । प्रहरीले ५८ हजार नगद सहित दुई गड्डी तास, कार्पेट बरामद गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया