सिन्धुपाल्चोकमा फेरी भयानक बस दुर्घटना , १२ जनाको मुत्यु

सिन्धुपाल्चोक, २९ मंसीर । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मुत्यु भएको छ ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ६ किलोमा बिहान बस पल्टिँदा १२ जनाको मुत्यु भएको छ भने १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको मुत्यु भएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया