नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

 

काठमाडौ,२९ मंसीर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक आज बस्दैछ । पार्टी एकीकरणको एक वर्षपछि बस्न लागेको बैठकमा अहिलेसम्मको समिक्षा, सरकारको कामको मुल्याङ्कनका विषयमा पनि छलफल हुने जनाइएको छ । आजदेखि सुरु हुन लागेको स्थायी कमिटी बैठकमा सरकार सञ्चालन तथा मन्त्रीको कार्यसम्पादनबारे पनि छलफल हुनेछ ।

पार्टीले सञ्चालन गर्ने ६ महिने अभियान, अगामी केन्द्रीय कमिटी बैठक, पार्टी एकीकरणका बाँकी काम टुङ्गो लगाउने, उपनिर्वाचनको समिक्षालगायत विषयमा समेत बैठकमा छलफल हुने नेता कृष्णगोपाल श्रेष्ठले जानाकरी दिनुभयो ।अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल पचण्डको सहमतिमै राजनीतिक प्रतिवेदन आउनेछ ।नेकपाले सञ्चालन गर्ने ६ महिने अभियानले पार्टी र जनताबीचको सम्बन्ध अझै मजबुत बनाउने, पार्टी एकताको सन्देश दिने, सरकारको राम्रा कामको प्रचार गर्ने विषयमा समेत बैठक केन्द्रित हुने उनले बताएका छन् । यस्तै, पार्टी विधान संशोधन विषयमा समेत छलफल हुनेछ । आज बिहान सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटी बैठक सुरु हुनेछ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया