विद्यालय सुधारमा कर्मचारीको भुमिका महत्वपुर्ण : सांसद डाँगी

बसन्त परियार,तुलसीपुर, मंसीर २८ ।

पाँच नम्बर प्रदेशका साँसद अमर बहादुर डाँगीले सामुदायिक विद्यालय सुधारका लागि कर्मचारीको पनि उत्तिकै भुमिका रहने बताएका छन । विद्यालयकका हरेक कामहरुमा कर्मचारीको लगनशिलताले नै विद्यालयले लक्ष्य हासिल गर्ने उनले बताएका छन । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको पालीका स्तरीय फुटवल प्रतियोगितालाई घोराहीमा उद्घान गर्दै उनले यस्तो बताएका हुन ।

सामुदायिक विद्यालयका कर्मचारीले न्युन तलव सुविधामा काम गरेको हुदा काम अनुसार सेवा सुविधा दिनुपर्ने उनले बताएका छन । विद्यालयका हरेक काममा कर्मचारीको भुमिका महत्वपुर्ण हुने हुदा समयानुकुल बनाईन्पर्ने उनले बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साँसद डाँगीले जारी शिक्षा ऐनमा कर्मचारीका मागहरु समेटिए पनि यसलाई कार्यान्वयन गराउन सबै कर्मचारी एक जुट भई दवाव दिन आवस्यक रहेको उनले बताएका थिए ।

संघिय सरकारको हिउदे अधिबेशन लगत्तै प्रदेश सरकारको अधिबेशन चल्ने हुदा आफुले यसका लागि पहल थाल्ने उनले बताएका थिए । संघिय,प्रदेश र स्थानिय सरकार सबै मिलि कर्मचारीका समस्या समाधान गर्नुपर्ने उनले बताएका थिए । अर्को प्रशङ्गमा राष्टलाई चिनाउने खेलकुद नै भएको हुदा यसले एक आपसमा सदभाव कायय राख्ने उनले बताएका थिए । विद्यालय कर्मचारी परीषद् जिल्ला समितिका अध्यक्ष गोबिन्द घर्तिको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपानेले कर्मचारीका समस्या समाधान गर्न निरन्तर लागि परेको बताएका थिए ।

महासंघले विद्यालय कर्मचारी मारमा परेको हुदा श्रम अनुसारको तलव हुनुपर्ने माग गर्दै आएको उनले बताएका थिए । यस्तै नेपाल शिक्षक संगठनका पाँच नम्बर प्रदेश सचिब भागवत पौडेलले कर्मचारी आफ्नो पेशा प्रति जिम्मेवार हुनुपर्ने बताएका थिए । बदलिदो परीबेश अनुसार कर्मचारी आफ्नो पेशा प्रति बफादार भएर काम गर्न उनले सुझाव दिएका थिए । साथै कर्मचारीका मागप्रति आफ्नो संगठन सधै प्रतिबद्ध रहेको उनले बताएका थिए ।

परीषद्का जिल्ला उपाध्यक्ष माधव पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेत,पद्मोदय माविका प्रधानाध्यापक राम प्रसाद जैसी,कर्मचारी परीषद्क दाङका पुर्व अध्यक्ष डम्बर वली लागयतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सचिब केशव बहादुर केसीले गरेका थिए । कार्यक्रम सुरु हुनु अघि विभीन्न नारा सहित र्यालीले बजार परीक्रमा गरेको थियो ।

घोराहीको विजयी सुरुवात

नेपाल विद्यालय कर्मचारी परीषद् दाङको आयोजनामा पालीका स्तरीय फुटवल प्रतियोगिता आज देखि घोराहीमा सुरु भएको छ । आज उद्घाटन खेलमा घोराही उपमहानगरपालीले विजयी सुरुवात गरेको छ । उस्ले बबई गाउपालीकालाई ३–१ ले पराजित गरेको हो ।
जिल्लाका दश पालीकाको सहभागिाता रहेको प्रतियोगितामा अन्य खेलाहरु पुस ४ र ५ गते हुनेछन ।

जिल्लामा रहेका साम्ुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई एक जुट गराई संगठित गराउनका लागि आयोजना गरिएको प्रतियोगिताको विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र उपलब्ध गराईने खेलकुद संयोजक देवेन्द्र सिंह ठकुरीले जानकारी दिएका छन ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया