भारी हिमपात भएपछि हिमाली जिल्लाका किसान भने खुशी

जाजरकोट, २८ मंसीर । दाङ सहित देशका अधिकांस ठाउँमा चिसो बढेपछि नागरिकलाई समस्या भईरहेको अवस्थामा कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भने भारी हिमपात भएपति त्यस क्षेत्रका किसानहरु खुशी भएका छन् । प्रदेशका जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि किसानहरुले बालीनाली सप्रिने भन्दै खुशी देखीएको स्थानिय किसानको भनाई छ । तर त्यस क्षेत्रमा हिमपातका कारण चिसो अत्यधिक रहेको बताईएको छ । हिमपातका कारण विशेषगरी विद्यार्थी, बालबालिका र जेष्ठ नागरिकहरु बढि प्रभावित भएको बताईएको छ ।

डोल्पा ठूली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमालका अनुसार ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चारवटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको छ । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछ। विद्यार्थीहरु आगो बालेर परीक्षा दिन प्रयास गरे पनि सफल नभएपछि स्थगित गरिएको हो। जुफालस्थित विमानस्थल हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरुलाई समस्या भएको छ। हुम्ला र जुम्लामा समेत हवाई सेवा अवरुद्ध भएको छ। हिमपातले किसानहरु भने खुसी भएका छन्। आकाशे पानीको भरमा लगाएको गहुँ, जौं, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि किसान खुसी भएका हुन्।

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया