अपडेट :धनुषा बम बिस्फोटमा परि मुत्यु हुनेको संख्या तिन पुग्यो,प्रहरी निरीक्षकको उपचारको क्रममा निधन

जनकपुरधाम , २८ मंसीर ।धनुषामा विस्फोट हुँदा मुत्यु हुनेको संख्या तिन पुगेको छ भने ५ जना घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ स्थित राजेश साहको घरमा संकास्पद वस्तु भेटिएको भन्दै भिड जम्मा भएको बेला विस्फोट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जानकारी दिएका छन् । मृत्यु हुनेमा घरधनि ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षका छोरा सञ्जय साह रहेका छन् । दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रमूख जिल्ला अधिकारी कडेलले बताएका छन् । यसैबीच बम बिस्फोटमा परि गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर दाहालको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै प्रहरी जवान रिजन महतो, मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि धरान पठाइएको छ । प्रहरी जवान महतोको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटना के कारणले भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रमुख जिल्ला अधिकारी कडेललले बताएका छन् । अहिले घटनास्थल आसपासका क्षेत्रमा गस्ती पनि बढाइएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया