सांसद केसीले गरे ६ करोडको २७ योजना छनोट

बसन्त परियार , तुलसीपुर २८ मंसीर ।
स्थानिय निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा चालु आर्थिक वर्षको लागि योजना छनौट गरिएको छ । संघिय साँसद हिराचन्द्र केसी संयोजक रहेको परामर्श समितिले छनौट गरिएका यी योजनालाई शुक्रवार सार्वजनिक गरिएको हो । ६ करोडका विभिन्न २७ वटा योजनाहरु समेटिएको छ । जसमा सडक, सिचाई, शिक्षा, श्वास्थ्य, खानेपानी, पर्यटनलाई प्राथमिकता दिईएको छ । जस अनुसार सबैभन्दा बढि बबई गाँउपालीका वडा नम्बर ४ र ५ मा आदर्श नगरमा नहर निर्माणमा ५० लाख,बेदीखोला राप्ती आधारभुत विद्यालयको भवण निर्माणमा ५० लाख,तुलसीपुर १२ मा तारेकुलो निर्माणमा ५० लाख,तुलसीपुर ६ एयरपोर्टबाट पश्चिम तर्फ सडक कालोपत्रे गर्न ५० लाख,तुलसीपुर ३ शिवपुर गहतेखोलामा ट्रष्ट पुल निर्माणमा ५० लाख बजेट छुट्याईएको साँसद केसीका स्वकिय सचिब सन्तोष वलीले जानकारी दिएका छन ।

त्यसैगरी बबई ५ मा सिमगैरा खयरबट्टी बाटो स्तरोन्तीका लागि २० लाख,बबई २ रामपुरदेखी विजयनेटामा नाला निर्माण २० लाख , बबई ६ र ७ मा पर्ने मोनपुर देखि ओदाले जोड्ने बाटो स्तरान्नती गर्न १० लाख,बबई ४ मा रहेको सुन्दरखाल चोक देखि गैरीगाउ सडक निर्माणमा १५ लाख,बबई ६ कौसिलापुरमा मन्दीर निर्माणमा १० लाख,बबई ३ मा रहेको हँसपुरमा रहेको धनुवास नहर विस्तारमा १५ लाख, शान्तीनगर १ पेदीखोला बाघखोर तिनुखारा हुदै अखेला जोड्न २५ लाख,शान्तीनगर ३ को पातेटाकुरामा खानेपानी जोड्ने सडक निर्माणमा १० लाख,शान्तीनगर ६ को गिधनिया पिपल चौतारा देखि दक्षिण चिलहरीयामा पक्की कुलो निर्माणमा १५ लाख बजेट छुट्याईएको सचिव वलीले जानकारी दिए ।

त्यसैगरी शान्तीनगर २ मा रहेको सिमसुन्दरपुरमा कृषि कक्षाको लागि पोखरी निर्माणमा १० लाख, दंगिशरणको १ को बाकिबेटारपुरमा खानेपानी निर्माणमा १० लाख,दंगिशरण ६ प्रसडुवामा सामुदायिक भवन निर्माणमा १० लाख,दंगिशरण २ भट्ट्ेखोला मधरीया चौधरी गाउहुदै सरुवाडाडा कुलो निर्माणमा १५ लाख,दंगिशरण ५ मा डाडाचिस हुदै पधेरी जाने बाट स्तरोन्नतीमा १५ लाख, तुलसीपुर ५ को जवरपुरमा भुह्यारथानको भवन निर्माणमा २० लाख, तुलसीपुर १० गौरीगाउमा डिपबोरीङ स्वगद्धारी सिचाई योजनामा १५ लाख, तुलसीपुर १२ कचिलामा डवरा सिचाई कुलो निर्माणमा १५ लाख, तुलसीपुर ४ हलवार श्वास्थ्य चौकि देखि खाद्रे जोड्न पुल निर्माणमा २० लाख,तुलसीपुर १० मा पातुबनगाउ जलश्रोत सिचाई योजना निर्माणमा १० लाख, तुलसीपुर ३ ठुलधारा देखि सरस्वती मा.वि.दमारगाउ जोड्न सडक स्तरोन्नतीका लागि १० लाख, तुलसीपुर ११ मा रहेको अमर मा.वि.मा पशु विज्ञान भवन निर्माणमा १० लाख बजेट विनियोजन गरिएको छ ।।

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया