करणी उद्योगमा पक्राउ वडाध्यक्षलाइ रिहा गर्न जुलुस

सुजीतकुमार झा

जनकपुरधाम, २७ मंसिर/  बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुथान नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै नेपाली कांग्रेसले आज राजविराजमा विरोध प्रदर्शन गरेको छ ।

नियोजित तरिकाले रचिएको षड्न्त्रबारे सुक्ष्म अनुसन्धान नै नगरी वडाध्यक्ष साहलाई झुठो मुद्दा लगाई प्रहरीले पक्राउ गरेको आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । कांग्रेसले झुठो मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अबिलम्ब रिहा नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।

स्थानीय ३५ वर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फार्ममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार बिहान प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो ।

राजविराजको राज रंगशालाबाट सुरु भएको विरोध जुलुसमा महिलाको पनि उल्लेख्य सहभागिता थियो । प्रहरी प्रशासनविरुद्घ चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले बजार परिक्रमा गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया