समाजको राष्ट्रिय परिषद बैठक तुलसीपुरमा सुरु

तुलसीपुर, २७ मंसिर 

मानव अधिकार तथा शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठक शुक्रबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता मानव अधिकार आन्दोलनको गन्तव्य ः लागु औषध÷ मदिरा दुव्र्यसनको अन्त्य मानव अधिकार तथा शान्ति समाज भन्ने मुलनारा सहित परिषद बैठक सुरु भएको हो ।
राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले मुलुकलाई अहिले सुशासन युक्त लोकतन्त्र चाहिएको बताउनुभयो । शान्ती, शुसासन, भ्रष्टाचार मुक्त समाजको आबश्यकता परेको बताउदै उहाँले लामो आन्दोलन पश्चात मुलुकले लोकतन्त्र प्राप्त गरेकाले लोकतन्त्र, स्वतन्त्र, भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
‘लोकतन्त्रको प्राण शुसासन हो । कुशासन लोकतन्त्रको राग हो,’ पहाडीले भन्नुभयो –‘देशमा अहिले शुसासन भन्दा पनि कुशासनको विकास भइरहेको छ । यसलाई सच्याउनका लागी आम नागरिक स्तरबाटै खबरदारी गर्न आबश्यक छ ।’

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवराज विश्वकर्मा, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सामाजिक अभियन्ता लोकेश ढकाल, शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल, समाजका सल्लाहकार डा.गंगाधर अधिकारी, पत्रकार महांसघ दाङका अध्यक्ष सविन प्रियासन, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला अधिकारकर्मी पद्मा चौधरी, युवा करारा, ब्रहमकुमारी इश्वरीय विश्वय विद्यालयका प्रमुख गिता दिदी लगाएतले बोलेका थिए ।

सोअवसरमा कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखालाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको थियो भने मोरङ शाखालाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।  समाजका दाङ शाखा सभापति शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका केन्द्रिय महासचिव सुसील बस्नेतले गर्नुभएको थियो ।
शनिबार सम्म चल्ने राष्ट्रिय परिषद बैठकमा देशभरबाट प्रतिनिधि र पर्यवक्षक गरी करिब तीन सय बढीको सहभागीता रहेको छ । शनिबार दाङ घोषणा पत्र जारी गर्दै सकिने परिषदको बैठकमा १२ वटा प्रस्तावमा व्यापक छलफल गरिने मुल आयोजक तयारी समितका संयोजक समेत रहेका शरद रेग्मीले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया