दाङमा वितेको १२ घण्टाको अवधीमा ५.८ मिलिमिटर बर्षा

तुलसीपुर, २७ मंसीर ।
पश्चिमी वायु प्रणालीको प्रभावले दाङ सहित देशका धेरै भागमा देखी चिसो बढेको छ । चिसो अत्यधिक बढेपछि हिमाली क्षेत्र र तराई क्षेत्रमा जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि यसको प्रभाव दाङमा पनि परेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराहीका अनुसार शुक्रवार विहान जिल्लाका अधिकांस ठाउँमा हल्का बर्षा भएको छ । दाङमा वितेको १२ घण्टाको अवधीमा ५.८ मिलिमिटर बर्षा भएको छ ।
जुन हल्का बर्षा हो । दाङमा दिउँसो अढाई बजे सम्मको अधिकतम तापक्रम १६.० डिग्रिसेल्सियस रहेको कार्यालयले बताएको छ । जुन यस वर्षको चिसो मौसम सुरु भए देखी हाल सम्मकै कम तापक्रम मापन गरिएको कार्यालयले बताएको छ ।तर घाम लागेको अवस्थामा तापक्रम घटबढ हुन सक्ने कार्यालयले बताएको छ । चिसोका कारण जनजीवन झनै प्रभावित भएको छ ।तराई क्षेत्रमा सितलहर र हिमाली क्षेत्रमा हिमपातका कारण त्यहाका बासीन्दाको जनजिवन अझ कष्टकर बनेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया