दाङ, २७ मंसीर ।
पश्चिमी वायु प्रणालीको प्रभावले दाङ सहित देशका धेरै भागमा बुधवार देखी चिसो बढेको छ । चिसो अत्यधिक बढेपछि हिमाली क्षेत्र र तराई क्षेत्रमा जनजीवन कष्टकर बनेको छ । दाङमा भने विहिवार देखी अत्यधिक चिसो बढेको छ । यस्तै शुक्रवार दाङ सहित केहि पश्चिम भुभागमा पानी पर्ने सम्भावना रहेको मौसम विदले बताएका छन् । उता दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन झनै प्रभावित भएको छ । हिमाली जिल्लाहरुमा हिमपात भईरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार