राप्ती बहिरा सङघलाई कम्मल हस्तान्तरण

सन्तोष केसि

तुलसिपुर, मसिर २६/ घोराहि सिमेन्ट अन्तर्गत उत्पादन हुदै आएको सगरमाथा सिमेन्ट प्रालिले राप्ती बहिरा सङघलाई कम्मल बितरण गरेको छ । बिहिवार एक कार्यक्रमका बिच सङघले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएका साना साना बालबालिकालाई प्रयोग गर्न सजिलो होवस भन्ने उदेश्यले बिगतका बर्षहरुझै यश बर्ष पनि करिब तीस हजार बराबरको ७० थान कम्मल हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दैे प्रमुख अतिथि यातायात ब्यबसायि राष्ट्रिय महासङघका सल्लाहकार सुरेश हमालले साना साना बालबालिकालाई सहयोग गर्न आफु तयार रहेको बताए  ।

चाडपर्वमा घर जान आउन समस्या भएको गुनासो बिधार्थिहरुबाट आएपछि उहाले त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिले सबै बालबालिकालाई घर सम्म लैजाने र होस्टेल आउने बाताबरण निशुल्करुपमा मिलाउने प्रतिबद्धता जनाए । सो अबसरमा सगरमाथा सिमेन्टका अमर सुवेदी,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले पनि बाेलेका थिए  ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया