आम जनताको समस्या चाडै अन्त्य हुन्छ :सांसद केसी

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २६ मंसीर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ सुकिदहमा ऐतिहासीक सुकिदह महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको महोत्सव भव्य रुपमा सम्पन्न भएको हो । महोत्सव उद्घाटन हुनु अघि वडाका विभिन्न गाउँबस्तीबाट ठुलो संख्यामा झाँकी जुलुस, बाजा,¥याली निकालिएको थियो । परम्परागत रुपमा प्रत्येक वर्ष मंसीर पुर्णिमाको दिनमा लाग्दै आएको सुकिदहमा यस पटक महोत्सवको रुपमा आयोजना गरिएको थियो । सुकिदहको ऐतिहासीक महत्व र विशेषता भएकाले यसको संरक्षण र प्रर्वद्धनका लागी महोत्सवको आयोजना गरिएको थियो । वडा अध्यक्ष बालकृष्ण राणाको अध्यक्षतामा भएको महोत्सव तथा प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै संघिय सांसद हिराचन्द्र केसीले आम जनताको समस्या छिटै अन्त्य हुने बताएका छन् । यस क्षेत्रको विकासका लागी कुनै चिन्ता गर्नुनपर्ने बताउदै सांसद केसीले विकास तिव्र गतिमा अघि बढ्ने बताएका छन् । सरकारले सुखी नेपाली र समृद्धि नेपालको खाका तयार पारी सकेको बताउदै उनले आम नागरिकका समस्या र आबश्यकता पुरा हुने बताएका छन् । विगतका वर्षहरु कानुन निर्माण गर्ने क्रममा समय वितेको उनले बताएका छन् ।

अव आम जनताको समस्यालाई मध्येनजर गदै अपुरा विकास निर्माणका कामहरु पुरा हुने उनको भनाई थियो । उनले जनतालाई नआत्तिन आग्रह गदै आगामी दिनमा सामान्य किसान र नागरिकले थाहा पाउने गरी विकासको मोडेल निर्माण भईसकेको बताएका छन् । अहिलेको बर्तमान सरकारले ऐतिहासमै नभएको कुरालाई अघि सारेको बताएका छन् । जसले गर्दा आम नागरिकको समस्या समाधान हुने उनको भनाई थियो । यस्तै तुलसीपुर उपमहानगर कार्यबाहक प्रमुख श्याम डाँगीले सुकिदहको विपकास गर्नका लागी उपमहानगर तयार रहेको बताएका छन् । यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए । साथै उनले वडाको पहिचानको रुपमा रहेको पर्यटकिय स्थल चमेरेगुफालाई चालु आर्थिक वर्षमा बिस लाख बजेट विनियोजन गरेको उनले बताएका थिए ।

ंवडा सदस्य तथा कार्यपालिका सदस्य डिला परियारका स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा तुलसीपुर ४ का वडा कमिटि अध्यक्ष गणेश प्रसाद गिरी, नेपाली काग्रेसका लेख कुमार कार्की, जनमोर्चाका दोर्ण बहादुर घर्ति, राप्रपाका यामलाल पार्धे लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महोत्सव आयोजक प्रचारप्रसार उपसमितिका संयोजक बसन्त पौडेलले गरेका थिए । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रममा वडाका विभिन्न वन समुदाय, टोल विकास संस्था, विद्यालय, विभिन्न सामाजिक संघसंस्था,समुहहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रथम वडा अध्यक्ष कप सम्पन्न

यसैविच सुकिदह महोत्सवकै अवसरमा प्रथम वडा अधयक्ष कप भलिवल प्रतियोगिताको आयोजना गरिएको थियो । तिन दिन सम्म भएको खेलमा गुरु जजुर माध्यामिक विद्यालय प्रथम, न्याउली सामुदायिक बन समुह द्धितृय र गादी बराह सामुदायिक बन समुह तितृय भएका थिए । विजेता हुनेले क्रमश प्रथमले नगद बाह्र हजार नगद सहित मेडल, शिल्ड, दोस्रो हुनेले नगद आठ हजार सहित मेडल , शिल्ड र तेस्रो हुने समुहले नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै स्वर्गिय यम बहादुर राणाको स्मृतिमा बक्सिङ प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा १८ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा सो म्याच मात्रै खेलिएको हो । उनीहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया