नेपाली भूमिबाट भारतीय सेना फिर्ता हुनुपर्छ : पहाडी

तुलसीपुर, २६ मंसिर

मानव अधिकारकर्मी कृष्ण पहाडीले नेपाली भूमिबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताएका छन् । मानवअधिकार तथा शान्ति समाज मुल आयोजक तयारी समिति दाङले शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठकको पूर्वसन्ध्यामा तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन ।
लिपुलेख, कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको भन्दै त्यहाँबाट भारतीय सेना तत्काल फिर्ता लिनुपर्ने र नक्सा पनि सच्याउनु पर्ने बताउदै मानवअधिकारकर्मी पहाडीले नेपालीलाई आफनो स्वाभीमान सबै भन्दा प्रिय लाग्ने भएकाले कुनै सम्झौता नगर्ने बताए । आफुहरु भारत विरोधी नभएको स्पष्ट पार्दै पहाडीले भारतले पटक पटक नेपाली भूमि मिचेर अन्याय गरेकेो बताउदै प्रधानमन्त्रीले सिधै भारतीय प्रधानमन्त्री नरेदन्द्र मोदीसंग वार्ता गरेर सिमा समस्या सधैका लागि टुङ्गयाउनु पर्नेमा जोड दिए ।  शुक्रबारदेखि सुरु हुने राष्ट्रिय परिषद बैठकमा ठूला देशले उत्सर्जन गरेको कार्वनडाइअक्साइडका कारण नेपालले भोग्नु परेको समस्या, यसले पारेको असर, लागुऔषध मदिरा दुव्र्यसनी विरुद्धको कार्यक्रम लगाएत ६ वटा सैद्धान्तिक र ६ वटा नीतिगत संस्थागत प्रस्ताव गरेर १२ प्रस्तावमा व्यापक छलफल गरिने बताए ।

जसमधय मध्य सबै भन्दा पहिलो प्रस्ताव लागुऔषध दुव्र्यसनी भएको भन्दै अधिकारकर्मी पहाडीले ७ घरमा एक जना लागुऔषध दुव्र्यसनी निस्कीएकाले यसको न्युनिकरण, रोकथामका विषयमा सरकारसंग हातेमालो गरेर अघि बढ्ने कुरामा बढि छलफल गरिने बताए ।

मूल आयोजक तयारी समितिका संयोजक शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शान्ति समाजका केन्द्रिय सभापति उत्म पुडासैनी, बरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशिल बस्नेत, पूर्व केन्द्रिय उपसभापति मोहन धिताल, निवर्तमान सभापति सुरेश हमाल लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष अमृत शर्माले गरेका थिए ।

यसैबिच शुक्रबारदेखि दुई दिनसम्म संचालन हुने २२ औ राष्ट्रिय परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । राष्ट्रिय परिषद बैठकमा देशभरबाट प्रतिनिधी र पर्यवेक्षक गरी तीन सय जनाको सहभागीता हुने मुल आयोजक समितिक संयोजक रेग्मीले बताए ।   कार्यक्रमको पुर्वसन्धयामा शान्ति समाजले दाङका विभिन्न स्कुलमा पुगेर लागुऔषध दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रम, रत्तदान, सरसफाई, वृक्षारोपन जस्ता कार्यक्रम गरेको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया