आज प्रदेश १ का १४ जिल्लामा सार्वजनिक बिदा

काठमाडौ, २६ मंसीर ।
आज उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमा विभिन्न स्थानमा धुमधामका साथ मनाईदै छ । किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही (ज्यापु दिवस)मनाउने गर्दछन् । ती समुदायहरुको महत्वपुर्ण पर्व भएकाले उक्त समुदायलाई मात्रै सरकारले सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गदै पर्व मनाउने समुदाय बाहेक अन्य समुदायलाई विदा नदिईएको जनाएको छ । गृह मन्त्रालयले विसं २०७५ चैतमै जारी गरेको नयाँ वर्षका बिदासम्बन्धी सूचनामा बिहीबार किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।
यसैविच प्रदेश नम्वर १ सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले प्रदेशका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ । बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ। संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने जनाइएको छ । यस्तै किंरात र नेवार समुदाय बसोबास गरेका क्षेत्रमा पनि सम्वन्धित पालिकाले विदा दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया