भूमाफियाको घरटहरा हटाउछौ : उपमहानगरपालिका

तुलसीपुर, २६ मंसिर
सुकुमबासीको नाममा भूमाफियाले घर टहरा निर्माण गरेको भन्दै एक हप्ताभित्र अतिक्रमित क्षेत्र खाली गराउने तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । औद्योगिक ग्राम प्रस्ताव गरिएको तुलसीपुर–१६ जदागाउँमा भूमाफियाले रातारात घर टहरा निर्माण गरेर जग्गा कब्जा गर्दा समेत सम्बन्धित निकाय मौन बसेको भन्दै सवत्र आलोचना भइरहदा उपमहानगरपालिकाको यस्तो प्रतिकृया आएको हो ।
एक सय विघाह बढि अनुमान गरिएको त्यस क्षेत्रलाई गएको बैशाख १९ गते तुलसीपुर उपमहानगरपालिकाको ५७ औ कार्यपालिका बैठकले औद्योगिक ग्राम गराउने निर्णय गरेको थियो ।  वडाध्यक्षहरुको प्रस्तावमा विवादित तुलसीपुर–१६ को जहदागाउँ, २ को घोरबन्डा, तुलसीपुर–३ को रेउले टोलको तल्लो भेग, १३ को भन्ज्याङ डाडाँ र १० को बेलगनारमा रहेको प्रति ऐलानी जग्गालाई कार्यपालिका बैठकले औद्योगिक ग्राम बनाउने निर्णय गरेको तुलसीपुर उपमहागनरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए ।

सुरुमा दुई वटा मात्रै टहरा निर्माण गरिएको त्यस क्षेत्रमा अहिले दर्जनबढी घरटहरा निर्माण गरिएको छ भने कतिपय निर्माणाधिन अवस्था रहेका छन् । अतिक्रमित जग्गा खाली गराउन २१ दिने सूचना जारी गरेको समय पनि पुरा भएकाले स्थानीय प्रशासनसंग समन्वय गरेर हटाउने तयारीमा रहेको उपमहागनरपालिकाले जानकारी दिएको छ ।

‘उनिहरु भूमिहिन होइनन् । भूमाफिया हुन,’ तुलसीपुर उपमहानगरपालिका प्रवक्ता तथा कार्यबाहक नगर प्रमुख सुर्यबहादुर डाँगी (श्याम)ले भने – ‘जग्गा देखेर किनबेच गरेका हुन । हामी एक हप्ता भित्र हटाछौ ।’ भूमाफियाले सुकमवासीका नाममा सिधासाधा व्यक्तिलाई प्रयोग गरेर सर्वाजनिक सम्पती हडप्न खोजेको बताउदै डाँगीले वास्तविक सुकुमबासी हो होइन पहिचान गरेर हटाउने बताए ।

अतिक्रमित जग्गा खाली गराउन २१ दिने सूचना समेत जारी गरी सकेको उपमहानगरपालिकाले स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरिरहेको छ । यता बस्ती बचाउ अभियानका संयोजक इश्वरी भण्डारीले २०५० सालबाट जोतभोग गर्दै आएको जग्गामा निर्माण गरिएका घरटहरा हटाउने निर्णय आफुहरुले नमान्ने बताए । एक सय ३० घरधुरी संख्या रहेको बताउदै संयोज भण्डारीले २५ वटा टहरा निर्माण भइसकेको बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया