तुलसीपुर ४ मा सुकिदह महोत्सव आज हुदै

तुलसुीपुर, २६ मंसीर । तुलसीपुर ४ सुकिदहमा आज सुकिदह महोत्सव हुदैछ । प्रत्येक वर्ष मंसीर पुर्णिमाको दिन लाग्दै आएको सुकिदह मेलालाई यस वर्ष महोत्सवको रुपमा आयोजना गर्न लागीएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक समेत रहेका वडा अध्यक्ष रानाले बताएका छन् । प्रचारप्रसार, स्वागत गेट निर्माण, अतिथि आमन्त्रण, मन्च व्यवस्थापन लगाएका तयारी पुरा भएको उनले बताएका छन् ।सुकिदह मेलाको ऐतिहासीक महत्व भएकाले परम्परागत रुपमा सन्चालन हुदै आएको मेलालाई यस पटक स्थानिय सरकारले भव्य रुपमा महोत्सवको आयोजना गरेको उनले बताएका छन् । महोत्सव उद्घाटन हुनु अगाडी विभिन्न झाँकी जुलुसको आयोजना गरिने आयोजकले बताएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, बक्सिङ प्रतियोगिता र वडामा जारी प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगितामा भलिवलको फाईनल खेल पनि हुनेछ । महोत्सवमा उपस्थितका लागी आयोजकले वडाका सम्पुर्ण वडाबासी, राजनितिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था, सुरक्षाकर्मी, पत्रकार लगाएत सवैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया